राजनीति

माओवादीले स्थानीय निर्वाचनमा एमालेलाई सघाउने

माओवादीले स्थानीय निर्वाचनमा एमालेलाई सघाउने

काठमाडौँः नेपाल सर्वहारा कम्युनिस्ट पार्टी माओवादीले स्थानीय निर्वाचनमा नेकपा एमालेलाई सघाउने निर्णय गरेको छ । 

सो पार्टीका अध्यक्ष भावना विद्रोहीले राष्ट्रियता, स्वाधीनता र देशभक्ति अडानका आधारमा एमालेको नीति सही भएको जनाउँदै एमाले स्थायी कमिटीका सदस्य शङ्कर पोखरेललाई सोसम्बन्धी ऐक्यबद्धताको पत्र आज हस्तान्तरण गरे ।

विगतमा साम्राज्यवाद र विस्तारवादविरुद्ध सबै राष्ट्रवादी वाम पार्टी मिलेर लड्दै आएकाले अब पनि स्थानीय निकायको निर्वाचनमा मिलेर जानुपर्नेमा त्यस्तो नभएकामा दुःख व्यक्त गर्दै नेकपा माओवादी केन्द्रले विदेशी शक्तिसामु आत्मसमर्पण गरी जनयुद्धको भावनामाथि कुठाराघात गरेको ठहर गरेको छ ।

अध्यक्ष विद्रोही सशत्र युद्धकालमा कोचिला क्षेत्रको क्षेत्रीय ब्युरो सदस्य थिए। उनले सो पार्टीमा असन्तुष्ट भई सर्वहारा पार्टी खोलेका थिए । नेता पोखरेलले पत्र ग्रहण गर्दै राष्ट्रिय र समृद्धिका पक्षमा एमालेले लिएको अडानलाई उचित समयमा आत्मसात् गरेकामा सर्वहारा पार्टीप्रति आभार व्यक्त गरे।

नेकपा एमाले

विशेष