राजनीति

छोरीका प्रचारका लागि पुगे प्रचण्ड चितवन, देउवा पनि सँगै

छोरीका प्रचारका लागि पुगे प्रचण्ड चितवन, देउवा पनि सँगै

वैशाख २८ । आइतबार हुने स्थानीय तहको निर्वाचनको प्रचारपसारको अन्तिम दिन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति देउवा चितवन पुगेका छन् ।

चितवनमा माओवादी केन्द्र र नेपाली कांग्रेसको तालमेलका कारण उनिहरु प्रधानमन्त्री पुत्रि रेणु दाहालको प्रचारका लागि चितवन पुगेका हुन् ।

उनिहरु एउटै जहाजमा चितवन उडेका हुन् । प्रधानमन्त्री स्वकीय सचिव प्रकाश दाहालले सार्वजनिक गरेको सेल्फी तस्बिरमा दाहाल र देउवा सँगैका दुई सिटमा बसेका देखिन्छन् ।

चितवन पुगेर दाहाल र देउवाले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओली पनि आजै चितवन जाने कायक्रम रहेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ शेरबहादुर देउवा केपी अाेली

विशेष