राजनीति

जाजरकोटमा नमुना मतदान, २ प्रतिशत मत बदर

दीपबहादुर घर्ती

जाजरकोटमा नमुना मतदान, २ प्रतिशत मत बदर

जाजरकोट, २८ बैशाख । जिल्ला सदरमुकाम खलंगामा बिहीवार नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा नमुना मतदान गरिएको हो ।

बिहीवार गरिएको नमुना मतदानमा २ प्रतिशत मत पूर्णरुपमा बदर भएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । १२ प्रतिशत मत आंशिक बदर ८६ प्रतिशत मत पूर्ण सदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार बिहीवार जिल्ला सदरमुकाम खलंगाको गैरीखालीमा गरिएको नमुना मतदानमा ७८ जनाले मतदान गरेका थिए । जसमा ५४ जना पुरुष रहेका थिए भने, २४ जना महिला रहेका थिए ।

विशेष