राजनीति

मतदाता परिचयपत्र वितरण भर्इरहेको छ, तपाइँले लिनुभयो ?

मतदाता परिचयपत्र वितरण भर्इरहेको छ, तपाइँले लिनुभयो ?

वैशाख २८९ । निर्वाचन आयोगले बिहीबारदेखि मतदाता परिचयपत्र वितरण सुरु गरेको छ ।

पहिलो चरणमा हुने तीन प्रदेशका स्थानीय तहको निर्वाचनका लागि आयोगले मतदातालाई मतदाता परिचयपत्र दिन थालेको हो । आगामी आइतबार हुने चुनावका लागि मतदान केन्द्रहरुमा खटिएका आयोगका कर्मचारीहरुले बिहीबार बिहानदेखि २८३ ओटै तहमा परिचयपत्र वितरण गर्न सुरु गरेका हुन् ।

बिहान ७ बजेदखि साँझ ५ बजेसम्म मतदाता परिचयपत्र वितरण भइरहेको छ भने शनिबार साँझसम्म योक्रम जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

तर, मतदाताले भने परिचयपत्र लिन सजिलो नभएको गुनासो गरेका छन् । केही मतदाताले भने सहजरुपले परिचयपत्र पाएको बताएका छन् ।

आयोगका कर्मचारीहरुले भने मतदाता परिचयपत्र वितरण सहज र उत्साहपूर्णरुपले भइरहेको दाबी गरेका छन् । उनीहरुले चुनावप्रति मतदाता उत्साही रहेको बताएका छन् ।

आयोगले परिचयपत्र वितरणसँगै मतदानको तरिका पनि सिकाउने भने पनि त्यसो गरेको भने पाइएको छैन । त्यसो त काठमाडौं महानगरपालिकाकै अधिकांश मतदान केन्द्रमा भेटिएका सर्वसाधारणले मतदाता शिक्षा आफूहरुले थाहा नपाएको बताएका छन्  । 

विशेष