अपराध सुरक्षा राजनीति

माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि गोली प्रहार

माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि गोली प्रहार


वैशाख २९ । भोजपुर नगरपालिका–१ हेलौछामा माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि गोली प्रहार भएको छ । बिहीबार बेलुकी साँझ एमाले कार्यकर्ता ३४ वर्षीय शारदा तामाङमाथि माओवादी केन्द्रका कार्यकर्ता ३८ वर्षीय एकिन्द्र भुजेलले गोली प्रहार गरेका हुन् ।

घर नजिकै रहेको जंगलमा हिँडिरहेको एमाले कार्यकर्ता तामाङलाई माओवादी कार्यकर्ताले गोली प्रहार गरेका थिए । हतियारले ताकिरहेको देखेपछि तामाङ आत्तिएर लडेका थिए ।

तामाङ आत्तिएर लडेपछि गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन् । एमाले सम्बद्ध अनेमासंघ नगर कमिटिका सचिव रहेका तामाङ र माओवादी कार्यकर्ता भुजेलबीच राजनीतिक विषयमा यसभन्दा अघिदेखि विवाद रहँदै आएको थियो ।

गोलीप्रहार गर्ने माओवादी केन्द्रका कार्यकर्ता एकिन्द्र भुजेललाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । गोलीप्रहार गर्ने भुजेलमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले बताए ।

Goli Prahar

विशेष