रोजगार

काफल बेचेर दैनिक १ हजारदेखि १५ सय रुपैयाँसम्म आम्दानी गर्दै विद्यार्थी

काफल बेचेर दैनिक १ हजारदेखि १५ सय रुपैयाँसम्म आम्दानी गर्दै विद्यार्थी

दाङः बालबालिकाले काफल बेचेर पढाइ खर्च जुटाउन थालेका छन् । फुर्सद्को समयमा कपुरकोट बजार र तुलसीपुर सल्यान सडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म आम्दानी गर्ने गरेका कपुरकोट गाउँपालिकाका उमेश पुनले बताए ।

कक्षा ६ मा अध्ययन गर्ने पुन शनिबार तथा विद्यालय छुट्टी भएपछि काफल बिक्री गर्न गरेको बताउँछन् । ‘काफल बेचेर पढाइखर्च चलेको छ,’ उनले भने । हाल स्थानीय तहको निवार्चनका कारण विद्यालय बन्द भएकाले यही मौका छोपेर काफल बिक्री गर्ने गरेको अर्का बालक खिमबहादुर वलीले बताए । उनी जङ्गलमा गएर बिहान काफल टिप्ने र साँझ बिक्री गर्ने गर्छन ।

त्यस्तै धनवाङकी कमला पुन अरुसँग खरिद गरेर काफल बिक्री गर्नुहुन्छ । कक्षा– ७ मा पढ्दै गरेकी पुनले ७० रुपैयाँ मा एक मानो काफल किनेर एक सय रुपैयाँमा बिक्री गर्छन् । ‘दैनिक तीन सयदेखि पाँच सय रुपैयाँसम्म फाइदा हुन्छ’ उनले भने । काफल बिक्री गरी दैनिक चार सय रुपैयाँ भन्दाबढी आम्दानी गर्ने यमुना घर्तीले सो रकमले कापी, कलम किन्ने गरेको बताए । उनी जस्तै अन्य बालबालिकाले काफल बेचेर मनग्य आम्दानी गदैआएका छन् ।

विशेष