राजनीति

विवेकपूर्वक ढंगले मताधिकारको प्रयोग गर्न अध्यक्ष थापाको आग्रह

विवेकपूर्वक ढंगले मताधिकारको प्रयोग गर्न अध्यक्ष थापाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतको कहालीलाग्दो अवस्थालाई समीक्षा गर्दै पार्टीको निहित स्वार्थभन्दा माथि उठेर राष्ट्रलाई केन्द्रविन्दुमा राखी विवेकपूर्ण ढङ्गले मताधिकारको प्रयोग गर्न आग्रह गरेका छन्।

आइतबार हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आज गृह नगर हेटौँडाबाट अपिल जारी गर्दै राप्रपा अध्यक्ष थापाले मतदान नागरिकको अधिकार मात्र नभई कर्तव्य पनि भएको जनाउँदै ऐतिहासिक महत्वको यस महान् प्रजातान्त्रिक अभ्यासमा सहभागी हुनुहुने सम्पूर्ण नेपाली मतदातामा शुभकामना पनि व्यक्त गरेका हुन्।

विगत २१ वर्षको अवधिमा अवलम्बन गरिएका गलत नीति र त्रुटिपूर्ण मार्गचित्रको परिणामस्वरुप देश अहिले गम्भीर सङ्कटको चक्रब्युहमा फसेको बताउँदै उनले यो चुनाव निश्चय पनि सङ्कट समाधानको दिशामा एक महत्वपूर्ण कोसेढुङ्गा र खुड्किलो बन्ने र यसले संविधान कार्यान्वयनलाई अग्रगति प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

'मुलुकमा न्यूनतम शान्ति, स्थायित्व र प्रजातान्त्रिक वातावरण तयार गर्नसमेत यो चुनावले महत्वपूर्ण योगदान पुर्याउने छ। यो चुनावको सफलताले दोस्रो चरणको चुनावलाई पनि सहज तुल्याउने छ,' उनले भनेका छन्।

विशेष