राजनीति

निर्वाचनको मुखमा ‘प्रचण्ड सरकार’द्वारा राष्ट्रिय ढुकुटीमा ब्रम्हलुट

निर्वाचनको मुखमा ‘प्रचण्ड सरकार’द्वारा राष्ट्रिय ढुकुटीमा ब्रम्हलुट

वैशाख–३० । सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लघंन गर्दै स्थानीय तह निर्वाचनको मतदान सुरु हुन ३६ घण्टा बाँकी रहेका बेला राज्यको ढुकुटीबाट १५ करोड रुपैयाँ बाँड्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचनका लागि मौन अवधि सुरु भएपछि आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित पार्ने गरी कैलालीको टीकापुर घटनाका पीडितका नाममा १५ करोडभन्दा बढी रुपैयाँ बाँड्ने निर्णय गरेको हो ।

स्थानीय तहको निर्वाचनअन्तर्गत पहिलो चरणमा प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा दुई सय ८३ स्थानीय तहमा आइतबार मतदान हुँदैछ । बाँकी १, २, ५ र ७ प्रदेशका स्थानीय तहका प्रतिनिधि चुन्न दोस्रो चरणमा जेठ ३१ मा मतदान हुने कार्यक्रम छ ।

मन्त्रिपरिषद्ले निर्वाचन आचारसंहिता विपरित दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या थप गर्ने निर्णय पनि गरेको छ । संख्या थप गर्न पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने गरी उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, रक्षामन्त्री बालकृष्ण खाँड र कानुनमन्त्री अजयशंकर नायक रहेकोे समिति गठन गरिएको छ ।

–नागरिक दैनिकबाट

स्थानीय तह निर्वाचन सरकार आचारसंहिता उल्लघंन राष्ट्रिय ढुकुटी

विशेष