राजनीति

माओवादी केन्द्रका उम्मेदवार विप्लव पार्टी कार्यकर्ताको नियन्त्रणमा

माओवादी केन्द्रका उम्मेदवार विप्लव पार्टी कार्यकर्ताको नियन्त्रणमा

हेटौँंडाः मनहरि गाउँपालिका—१ हाँडीखोलामा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई विप्लवका कार्यकर्ताले शनिबार बिहान नियन्त्रणमा लिएका छन् । उप्रेतीको परिवार र गाउँलेका अनुसार उनलाई नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन्।

यतिबेला उप्रेतीको खोजीका लागि हेटौँडाबाट प्रहरी निरीक्षक मधु थापाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। आफ्ना विभिन्न सङ्गठनमा आबद्ध व्यक्तिलाई कुनै अपराधजन्य क्रियाकलाप नगरे पनि प्रहरी प्रशासनले नियन्त्रणमा लिएको जनाउँदै नेकपाले पनि उम्मेदवार उप्रेतीलाई नियन्त्रणमा लिएको बताइएको छ।

घटनाको जिम्मा लिँदै नेकपाले कुनै अपराधजन्य कार्यमा सहभागी नभए पनि विभिन्न पेसा, व्यवसाय गरिबसेका आफ्ना दलका शुभचिन्तक, समर्थक र कार्यकर्तालाई मानसिक यातना दिने तथा नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाएको छ। उम्मेदवार उप्रेतीको खोजीलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

विशेष