राजनीति

काठमाडौं र ललितपुरको मतगणना आजैबाट, मतपेटीका सभागृह ल्याइँदै

काठमाडौं र ललितपुरको मतगणना आजैबाट, मतपेटीका सभागृह ल्याइँदै


स्थानीय तहको निर्वाचनको पहिलो चरणको मतदान सकिएको छ । मतदान सकिए लगत्तै मतगणनाका लागि काठमाडौँ महानगरका ३२ वटै वडाबाट मतपेटिका प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ल्याउने क्रम सुरु भएको छ ।

स्थानीय निर्वाचनमा प्रमुख आकर्षणको केन्द्र काठमाडौँ महानगरपालिका र ललितपुर महानगरको मतगणना आजैबाट सुरु गरिने भएको छ । मतपेटिका आइसक्ने सबै स्थानको मतगणना आजै थाल्न दबाब परेपछि निर्वाचन आयोगले यस्तो कदम चालेको हो । तर, भक्तपुरका मतगणनाको समय आयोगले अहिलेसम्म निक्र्यौल गरिएको छैन ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ३२ वटै वडाको मतपेटिकाहरु राष्ट्रिय सभागृहमा ल्याउने क्रम जारी छ । निर्वाचन अधिकृतको कार्यालय एउटा वडाको मतपेटिका खोलेर त्यो मत गनिसकेपछि मात्रै अर्को वडाको मतपेटिका खोल्ने भएको छ ।

२० वर्षपछि स्थानीय तहको पहिलो चरणको निर्वाचन उत्साहपूर्वक सहभागीतासहित आइतबार सम्पन्न भएको हाे । मतदान हुने तीनवटा प्रदेशका २८३ स्थानीय तहमा ४९ लाख ५६ हजार ९२५ मतदाता रहेका थिए।

विशेष