राजनीति

पहिलो चरणको मतदानमा ७० प्रतिशतभन्दा बढी मत खस्यो

पहिलो चरणको मतदानमा ७० प्रतिशतभन्दा बढी मत खस्यो

स्थानीय तह निर्वाचनअन्तर्गत अाइतबार भएको मतदानमा ७० प्रतिशतभन्दा बढी मत खसेको छ । निर्वाचन आयोगले तीनवटा प्रदेशका ३४ जिल्लामा भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा ७० भन्दा वढी प्रतिशत मत खसेको जनाएको हो । 

मतदान भएका जिल्लाबाट विवरण आउने क्रम जारी रहेकाले कति मत खस्यो भन्ने यकिन हुन नसकेको आयोगको भनाइ छ । निर्वाचन आयोगले बिहान सात बजेबाट सुरु गरेको मतदान अपरान्ह ५ बजेसम्मका लागि तोकेको थियो । निर्धारित समय ५ बजेलाई तोकिएको भएपनि लाइनमा बसेका मतदाताले ५ बजे पछि सम्म पनि मतदान गरेका थिए ।

आजको मतदान सम्पन्न भएसँगै ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा रहेका २८३ स्थानीय तहमा नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । ठूलो उत्साहका साथ मतदाता मतदानमा सहभागी भएका छन् ।

विशेष