कुन नेताले कहाँबाट गरे मतदान ? (फोटोफिचर)
वैशाख–३१ । स्थानीय तहको पहिलो चरणको मतदान भइरहेको छ । बिहान सात बजेदेखि सुरु भएको मतदानमा विभिन्न राजनीतिक दलका चर्चित नेताहरु, उम्मेदवारहरुले पनि मतदान गरेका छन् ।
आफ्नो मताधिकार प्रयोग गर्न नेताहरु आफ्नो मतदान केन्द्रमा पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरको वडा नम्बर ४ मा रहेको मतदान केन्द्रमा गएर मतदान गरे ।
त्यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले तनहुँको सत्यवादी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।
काठमाडौँको मेयरका प्रत्यासी तथा साझा पार्टीका उम्मेदवार किशोर थापाले सपरिवार मतदान गरेका छन् ।
राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् । आज बिहान ७ बजेर ४० मिनेट जाँदा उनले मतदान गरेका हुन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मतदान गरेका छन् । भक्तपुर दरबारक्षेत्रमा रहेको विद्यार्थी निकेतन मावि केन्द्रबाट मतदान गरेका बिजुक्छेले बीस बर्षपछि स्थानीय जनप्रतिनिधि चयनका लागि भएको मतदानले प्रजातन्त्र सुदृढ पार्ने विश्वास व्यक्त गरे ।
एमाले सचिव योगेश भट्टराईले काठमाडौँ महानगरपालिका–२९ डिल्लीबजारस्थित कन्या क्याम्पस केन्द्रमा बिहान ८ः१५ बजे मतदान गरेका छन् ।