२१ वर्षकादेखि एसएलसीका बोर्डफस्टसम्मको महानगरमा घमासान ! कसले मार्ला बाजी ?
वैशाख ३१ । काठमाडौ महानगरपालिकाको मेयरमा चर्चामा रहेका र शक्तिशाली पार्टीका प्रभावशाली व्यक्तिहरु चुनावी मैदानमा छन् । हुनमा काठमाडौंबाहेक अरु तीन महानगरमा पनि आज निर्वाचन भइरहेको छ । तर धेरैको ध्यान काठमाडौंको चुनावी नतिजामा अडिएको छ ।
२१ वर्षकी रञ्जु दर्शनादेखि एसएलसीका बोर्ड फर्स्ट किशोर थापासमेत चुनावको यो महासंग्राममा छन् । रञ्जु विवेकशील नेपाली दलबाट काठमाडौंको मेयरमा उठेकी हुन् । किशोर थापा साझा पार्टीबाट चुनावमा होमिएका छन् ।
काठमाडौंमा कांग्रेस र एमालेकै पल्ला भारी हुने आँकलन छ । कांग्रेसकातर्फबाट राजुराज जोशी छन् । एमालेका तर्फबाट विद्यासुन्दर शाक्य छन् ।
संघीय समाजवादी र नयाँ शक्तिको तर्फबाट साझा उम्मेदवार पवित्र बज्रचार्य छन् ।