राजनीति

स्थानीय तह निर्वाचनः अहिलेसम्म कहाँ के के भयो ? पढ्नुहोस् विस्तारमा

स्थानीय तह निर्वाचनः अहिलेसम्म कहाँ के के भयो ? पढ्नुहोस् विस्तारमा

वैशाख–३१ । स्थानीय तहको पहिलो चरणको निर्वाचन उत्साहजनक रुपमा भइरहेको छ । छिटपुटबाहेक निर्वाचन शान्तिपूर्ण देखिएको छ । कतै मौसमले साथ नदिँदा निर्वाचन केही समय स्थगित भएको छ ।

पानीले दियो धोका
काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ स्थित शान्ति भैरव केन्द्रमा वर्षातको कारण मतदान स्थगित भएको छ । पानी पर्न रोकिएसँगै मतदान सुचारु हुने बताईएको छ ।

गोली प्रहारबाट हत्या
काभ्रेको नमोबुद्ध ४मा गोलीलागी एकजनाको मृत्यु भएको छ । राती मोटर साईकलमा आएको अज्ञात समुहले चलाएको गोली लागी स्थानीय नवराज पाठकको मृत्यु भएको काभ्रेका एसपी सगुन थापाले नाजकारी दिएका छन ।
किरियापुत्री पनि मतदानमा
कोटेश्वरका एक मतदाता कोरामा भएकै बेला मतदान गर्न मतकेन्द्रसम्म पुगेका छन् । बासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश्वरबाट आफ्नो मताधिकार प्रयोग गरेका छन् । उनका बुबा लोकबहादुर बस्नेतको ९२ वर्षको उमेरमा बैशाख २३ गते निधन भएपछि उनी बुबाको किरीयामा थिए ।

ओलीको बोली
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बालकोटमै मतदान गरेका छन् । सूर्यबिनायक नगरपाकिालको बालकोट मतदान केन्द्रमा ओलीले मध्यान्ह मतदान गरेका हुन् ।
मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले दोलखा लागयतका केही ठाउँमा सत्तापक्षले सुरक्षाकर्मीको आडमा बुथ कब्जा गरेकाले त्यसबारे कुराकानी भइरहेको बताए ।

मतदान अवरुद्ध 

दैलेखको भैरवी–५ डोग्रा केन्द्रमा फर्जी मत हालेको विषयमा कांग्रेस र एमालेबीच विवाद भएको छ । विवादका कारण मतदात अवरुद्ध भएको छ ।

५७ प्रतिशत मत खस्यो
स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २ सय ८१ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यमा १२ बजेसम्ममा ३० देखि ५७ प्रतिशतसम्म मतदान भएको छ ।

विशेष