राजनीति

मादी-२ मा एमालेको प्यानल नै विजयी 

मादी-२ मा एमालेको प्यानल नै विजयी 

पोखरा: कास्कीको मादी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । मादी २ मा एमालेका उम्मेदवार एक्काजंग गुरुङ तीन सय ९९ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोजबहादुर गुरुङले २ सय ९६ मत प्राप्त गरे ।

महिला सदस्यमा कल्पना गुरुङ, दलित महिला सदस्यमा विन्दुकुमारी परियार तथा खुल्ला सदस्यमा देवन गुरुङ र दिलबहादुर गुरुङ विजयी भएको निर्वाचन अधिकृत गुरुदत्त ढकालले जानकारी दिए । यसअघि मादी गाउँपालिका १ मा पनि एमालेका वडाध्यक्ष सुरजकुमार गुरुङसहितको प्यानल विजयी भएको थियो ।

विशेष