राजनीति

डोल्पाको काइके गाउँपालिका अध्यक्षमा एमालेका अंगत राना विजयी

डोल्पाको काइके गाउँपालिका अध्यक्षमा एमालेका अंगत राना विजयी

डोल्पा: काइके गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अंगत राना ९२० मत ल्याएर विजयी भएका छन् । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिरा रोकायाले ८० मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा राप्रपाका कुञ्जन बुढा ९१५ मत ल्याइ विजयी भएका छन् भने कांग्रेसका हिमाली रोकायाले ६३ मत प्राप्त गरेका छन् ।

यस्तै, ठूलीभेरी नगरपालिका–१ मा राप्रपाका बागबहादुर महतारा वडाध्यक्षमा विजयी भएका छन् । ठूलीभेरी नगरपालिका–२ मा नेकपा एमालेका देवी रोकाया वडाध्यक्षमा विजयी भएका छन् ।

ठूलीभेरी नगरपालिकामा कांग्रेसको अग्रता

ठूलीभेरी नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका सुवर्ण बुढाले २५० मत र नेकपा एमालेका गणेश शाहीले १२६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा राप्रपाका योगेन्द्रबहादुर शाहीले २४० मत तथा नेकपा माओवादी केन्द्रका लक्ष्मी चन्द कार्कीले ८४ मत प्राप्त गरेकी छन् । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा मतगणना सुरु भएको छ । 

विशेष