राजनीति

स्थानीय निर्वाचनले नेपालमा स्थायित्व : चीन

स्थानीय निर्वाचनले नेपालमा स्थायित्व : चीन

जेठ १ । चीनले स्थानीय निर्वाचनसँगै नेपालको विकास र स्थायित्व सुनिश्चित हुने अपेक्षा गरेको छ ।


आइतबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र चिनियाँ समकक्षी वाङ याङबीच बेइजिङमा भएको वार्तामा चीनले यस्तो बताएको हो ।चिनियाँ उपप्रधानमन्त्री वाङले स्थानीय चुनाव गराएकोमा नेपाललाई बधाइसमेत दिएका छन् ।

‘स्थानीय निर्वाचनले नेपालको स्थायित्व र विकास सुनिश्चित हुनेछ । यसले नेपाली जनताको जीवनमा परिवर्तन ल्याउने चीनको अपेक्षा छ,’ नेपाली दूतावास बेइजिङका अनुसार महरासँगको भेटमा चिनियाँ उपप्रधानमन्त्री वाङले भने ।

नयाँ पत्रिका

China nepal

विशेष