राजनीति

चागुँनारायणमा पुनः मतदान हुने

चागुँनारायणमा पुनः मतदान हुने

चागुँनारायण नगरपालिकाको नगरकोट, साविक गाविस भवन मतदान केन्द्रको बुथ ‘ख‘ मा पुनः मतदान हुने भएको छ । स्थानीय मतदान अधिकृत र पार्टी प्रतिनिधिको सर्वदलीय बैठकले पुनः मतदान गर्ने निर्णय गरेको हो । 

हिजो भएको मतदानमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह नभएको मतपत्र परेपछि मतगणना प्रभावित बनेको हो । नेपाल मजदुर किसान पार्टीका तर्फबाट चाँगुनारायण नगरपालिकाका प्रमुख पदका उम्मेदवार न्हुछेभक्त फोजूले चुनाव चिन्ह नभएको मतपत्र बदर गर्न र मतगणना सुरु गर्न भने पनि आयोगले फेरि निर्वाचन गर्ने भएको हो।

 

विशेष