ललितपुर महानगरपालिकाको मेयरमा १८४२ मतसहित एमाले अगाडि
ललितपुर महानगरपालिकाको मेयर पदमा एमालेका मेयर उम्मेदवारले अग्रता लिएका छन् भने दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । २९ वडा रहेको ललितपुर महानगरमा प्रमुख पदका लागि १४ तथा अन्य पद गरी ६ सय ३४ जनाले उम्मेदवारी दिएका थिए। एक लाख १२ हजार ९ सय २३ मतदाता रहेको ललितपुर महानगरपालिकामा ८९ हजार २ सय १४ मत खसेको निर्वाचन कार्यालयले बताएको छ।
पछिल्लो मतपरिणाम अनुसार यस्तो छ नतिजाः
एमाले (हरिकृष्ण व्याञ्जनकार) - १८४२
नेपाली कांग्रेस (चिरिबाबु महजन) - १७४५
नेकपा माओवादी केन्द्र (दिनेश महर्जन) - ७३३
मत परिणाम