राजनीति

जुम्लाको गोठीचौर गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भण्डारी विजयी

जुम्लाको गोठीचौर गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भण्डारी विजयी

जुम्लाः गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन् । भण्डारी प्रदेश नम्बर–६ अन्तर्गत् सम्पन्न निर्वाचनमा विजयी हुने पहिलो अध्यक्ष हुन् ।

भण्डारीले खसेको तीन हजार ९६६ मतमध्ये एक हजार ५९६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत मोहनसागर बस्यालले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार ४६७ मत ल्याएर पराजित भए ।

त्यस्तै, उपाध्यक्षमा पनि माओवादी केन्द्रकै जानुदेवी ऐडीले एक हजार ५८६ मत ल्याएर विजयी भएकी छन् । उपाध्यक्षमा उनका प्रतिद्वन्द्वी धनरुपा बुढाले एक हजार ३६५ मत ल्याएकी थिइन् । गोठीचौर १, २ र ३ को वडाध्यक्षमा क्रमशः नेकपा एमालेका गणेश ऐडी, पृथ्वीबहादुर बुढा, प्रेमबहादुर बुढाले विजय हात पारेका छन् ।

त्यसैगरी, ४ र ५ नम्बर वडाको वडाध्यक्षमा माओवादी केन्द्रका जगप्रसाद जैसी र चन्द्रबहादुर नेपालीले जित हासिल गरेको निर्वाचन अधिकृत बस्यालले बताए ।उक्त गाउँपालिकामा कुल जम्मा चार हजार ८२३ मतदाता संख्या थियो ।

विशेष