राजनीति

नवलपरासीमा मतगणना जारी तीन स्थानीय तहमा एमालेको अग्रता

नवलपरासीमा मतगणना जारी तीन स्थानीय तहमा एमालेको अग्रता


जेठ १ । नवलपरासीमा मतगणना जारी छ । तीन स्थानीय तहमा एमालेले अग्रता लिएको छ भने एकमा कांग्रेस अगाडि छ ।

कावासोती नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका मेयरका उम्मेदरवार महेन्द्र पोखरेलले १२७ मत पाएका छन् भने उपमेयरमा खागिसरा गरुङले १२१ मत पाएकी छन् ।

एमालेका मेयरका उम्मेदवार चन्द्रा पुनले १२१ मत पाएकी छन भने प्रेमशंकर मर्दनियाले १२१ मत पाएका छन् । देवचुली नगरपालिकामा एमालेले अग्रता लिएको छ । उसका मेयरका उम्मेदवार हरिप्रसाद न्यौपानेले ३५९ मत पाएका छन् भने कांग्रेसका पूर्णकुमार श्रेष्ठले २५८ मत पाएका छन् ।

गैडाकोटमा पनि एमाले अगाडि छ । मेयरमा एमालेका छत्रराज पौडेलले २९४ मत पाएका छन् भने कांग्रेसका गजेन्द्र ओलेले २२२ मत पाएका छन् ।

विनयी गाउँपालिकाको प्रमुखमा एमालेका लक्ष्मण पाण्डेले २८१ मत पाएका छन् भने उपमेयरमा तारा विकले ३७७ मत पाएकी छन् । कांग्रेसका डम्बर जिसीले १५४ मत पाउँदा उपप्रमुखमा मीना रानाले ६६० मत पाएकी छन् । यसैगरी मध्यविन्दु नगरपालिकाको मेयरमा एमालेका भीमलाल अधिकारीले १६२ मत पाउँदा कांग्रेसका चन्द्रबहादुर रानाले ११८ मत पाएका छन् ।

Nwalparasi

विशेष