कालिकोटमा गोली लागेका एक जनाको मृत्यु एकको अवस्था गम्भिर

जेठ १ । कालिकोटको नन्दादेवी मावि सेरापाटामा मतपेटीका खोस्ने क्रममा भएको झडपमा परी घाइते भएका एकजनाको ज्यान गएको छ ।
पेटमा गोली लागेका नरहरीनाथ गाउँपालिका ६ बस्ने ४५ वर्षिय धनरुप बटालाको ज्यान गएको हो । यस्तै गोली लागेर घाइते भएका तीनमध्ये एक जनाको अवस्था गम्भीर छ ।
नरहरिनाथ गाउँपालिकाकै ३० वर्षका दानबहादार बटालाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै ३२ वर्षका कुलबहादुर बटाला र ४५ वर्ष व्यासी बिकलाई पनि गोली लागेको छ । आइतबार विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले मतपेटिका खोसे पछि फायरिङ भएको थियो ।
गोली लागि घाइते भएकाको अझै उपचार हुन सकेको छैन । उपचारका लागि हेलिकोप्टर लिन गए पनि खराब मौसमका कारण अवतरण हुन नसकेको प्रहरीले जनाएको छ ।
kalikot