राजनीति

बागलुङमा मतगणना जारी कसले कति मत पाए

बागलुङमा मतगणना जारी कसले कति मत पाए


जेठ १ । बागलुङ जिल्लाका ४ नगर र ६ गाउपालिकाहरुमध्य केहि नगर र गाउपालिकाहरुमा आईतवार राति देखिनै मतगणना कार्य सुरु भएको छ । पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा हिजो राति १२ वजेबाट वडा नं. १ बुर्तिवाङको मतगणना सुरु गरिएको छ । हालसम्म ३०० मत गणना भैसकेको छ । मेयर पदमा नेपाली काँगसले ९७ एमालेले ११५, माओवादी केन्द्रले ३१, राजमोले ३४ राप्रपाले ५ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा नेपाली काँग्रेस ११८, एमाले ३८, माओवादी ५० र राजमोले ३८ मत प्राप्त गरेका छन् । कुल ११ हजार ९ सय ९० मतदाता संख्या रहेको ढोरपाटन नगरपालिकामा कुल ८ हजार ५ सय २८ जनाले मतदान गरेका छन् । अपडेट यस वडाको पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसले १७६, एमालेले २०३, माओवादी केन्द्र ४३, राजमो ४८ मत प्राप्त गरेका छन् । उपमेयरमा काँग्रेसले १९३ एमालेले ६६ मत प्राप्त गरेका छन् ।

उता निसीखोला गाउपालिकामा आईतवार राति देखिनै मतगणना सुरु भएको छ । अहिले वडा नं १ र २ को मतगणना जारी रहेको अवस्था छ । सहकर्मी लोकेन्द्र निरासीका अनुसार हालसम्म वडा नं १ को ३ सय र २ को १ सय मतगणना भएको छ । त्यस्मा नेपाली काँग्रेसले १४५ मत ल्याएर अग्रता हासिल गरेको छ भने माओवादी केन्द्रले १३९ मत ल्याएर दोश्रो स्थानमा रहेको छ । यसैगरी जनमोर्चाले ११५ मत प्राप्त गरेको छ ।

यसैबीच जिल्लाको चार नगरपालिका मध्येको बागलुङ नगरपालिकामा १४ वडामा कुल ३४ हजार ५ सय २८ मतदाता संख्या भएपनि हिजो सम्पन्न निर्वाचनमा २४ हजार ६ सय ५१ मतदाताले मतदान गरेका छन् । उक्त नगरपालिकामा ७२ जना स्थानीय जनप्रतिनिधि आवश्यक रहेको स्थानमा १ सय ९५ उमेदवारहरु निर्वाचनमा भिडेका छन् । यता गलकोट नगरपालिकामा कुल २० हजार १ सय १९ मतदाता मध्ये जम्मा १३ हजार ४ सय १६ मतदाताले मतदान गरेका छन् । ११ वडा वडा रहेको उक्त नगरपालिकामा ५७ जना जनप्रतिनिधि आवश्यक रहेको स्थानमा १ सय ६० उमेदवार चुनावी मैदानमा छन् । बिहान ९ बजे सर्वदलिय बैठक बसि गलकोट नगरपालिकाको मत गणनाको समय सार्वजनिक गरिने निर्वाचन अधिकृत धर्मराज पौड्यालले जानकारी दिएका छन् ।

जैमनी नगरपालिकामा २१ हजार २ सय ६७ मतदाता मध्ये १२ हजार ७ सय ६० जना मतदाताले मतदान गरेका छन् । १० वडा रहेको उक्त नगरपालिकामा ५२ जना जनप्रतिनिधि चाहिनेमा विभिन्न दलका ७९ जना उमेदवारहरु चुनावी मैदानमा छन् । ताराखोला गाउँपालिकामा कुल ७ हजार २ सय २५ मतदाता सँख्या मध्ये हिजो सम्पन्न निर्वाचनमा ४ हजार २ सय १० मतदाताले निर्वाचनमा भाग लिएका छन् । ५ वडा रहेको उक्त गाउँपालिकामा २७ जना जनप्रतिनिधि चाहिनेमा विभिन्न दलबाट ८९ जना उमेदवार चुनावी मैदानमा छन् ।

उता बडिगाड गाउँपालिकामा १७ हजार २ सय २७ मतदाता संख्या मध्ये ११ हजार ८ सय ५७ मतदाता निर्वाचनमा भाग लिएका छन् । १० वडामा ५२ जना जनप्रतिनिधि चाहिने उक्त गाउँपालिकामा १ सय ९० उमेदवार चुनावी मैदानमा छन् । यस गाउँपालिकाको मतगणना आज विहान १० वजेबाट सुरु गरिने बताइएको छ । निसीखोला गायँपालिकामा कुल १२ हजार १ सय ९७ जना मतदाता मध्ये जहाँ ८ हजार ३ सय १७ मत खसेको त्यस गाउँपालिकाका निर्वाचन अधिकृत विष्णु भक्त सञ्जीतले जानाकारी दिनुभएको छ । ७ वटा वडा रहेको उक्त गाउँपालिकामा ३७ जना जनप्रतिनिधिका लागि विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उमेदवार गरि कुल १ सय २८ जना उमेदवारहरु चुनावी मैदानमा छन् । त्यस्तै तमानखोला गाँउ पालीकामा ५ हजार ९ सय २८ मतदाता मध्य ४ हजार २ सय ९ जना मतदाताले मतदान गरेका छन् । ६ वटा वडा रहेको तमानखोला गाउँपालिकामा ३२ जना जनप्रतिनिधि चाहिनेमा विभिन्न दलबाट ६५ जना उमेदवारले चुनावमा भागलिएका छन् ।

यस्तै काठेखोला गाउँपालिकामा १७ हजार ६ सय ७ मतदाता मध्ये १२ हजार ७ सय ६० जना मतदाताले चुनावमा मतदान गरेका छन् । ८ वडा रहेको काठेखोला गाउँपालिकामा ४२ जना जनप्रतिनिधि चाहिनेमा १ सय ४ जना उमेदवार चुनावी मैदानमा छन् । यस्तै बरेङ गाउँपालिकामा कुल ८ हजार ७ सय १४ मतदाता मध्ये निर्वाचनमा ५ हजार ५ सय ८४ मतदाताले मतदानमा भाग लिएका छन् । ५ वटा वडा रहेको उक्त गाउँपालिकामा २७ जना जनप्रतिनिधि चाहिनेमा ६० जना उमेदवारले मनोनयन दर्ता गरी चुनावमा भाग लिएका छन् ।

 जिल्लाका १० स्थानीय तहमा १ लाख ५६ हजार ८ सय २ जना मतदाता मध्य १ लाख ६ हजार ७ सय ३५ मतदाताले मतदानमा सहभागीता जनाएका छन् । कुल मतदाता सँख्याको ६८ दशमलव ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी विकास चन्द्र पौडेलले जानाकारी दिएका छन् ।

विशेष