राजनीति

अपहरणमा परेका भनिएका माओवादी उम्मेदवार सम्पर्कमा

अपहरणमा परेका भनिएका माओवादी उम्मेदवार सम्पर्कमा


जेठ १ । अपहरणमा परेका भनिएका राप्ती नगरपालिका–९ मा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाल गएराति परिवारको सम्पर्कमा आएका छन् ।

रिमाल शनिवार राति १ बजेदेखि सम्पर्कविहीन भएका थिए । माओवादी केन्द्रले उनलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको आरोप लगाएको थियो ।

तर प्रहरी अनुसन्धानले भने निर्वाचनका कारण उनी आफैं सम्पर्कविहीन भएको देखाएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । उनको खोजीका लागि आइतबार प्रहरीले टोली खटाएको थियो ।

रिमाल वेपत्ता भए पनि यहाँको निर्वाचन भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो ।

Apaharan

विशेष