सर्वाधिक चासोको महानगरपालिका भरतपुरको मतगणना सुरु
जेठ १ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल गरिएको भरतपुर महानगरपालिकामा सर्वदलीय बैठकपछि मतगणना सुरु भएको छ ।
भरतपुरमा कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट रेणु दाहाल मेयरको उम्मेदवार छिन् । दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी पनि हुन् ।
चार प्रमुख महानगरमध्ये भरतपुर पनि सर्वाधिक चासो राखिएको महानगर हो ।
Bharatpur Nagarpalika