धेरै तिर एमाले अगाडि भए पनि एमालेको पक्षमा लहर भने देखिएन
जेठ–१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिन अघि पहिलो चरणको निर्वाचनपछि सरकार अलिकति झोक्राउँछ भनेका थिए । उनका कार्यकर्ताले यो निर्वाचनमा कांग्रेस हाफ, माओवादीको पत्ता साफ भनेर प्रचार पनि गरको थिए ।
तर अत्यन्त प्रारम्भिक चुनावी परिणाम हेर्दा त्यस्तो छनक देखिदैन । एमालेले यो निर्वाचनमा नेतृत्व लिने आधारहरु देखिन्छन् । तर अरुको पत्ता साफ भएर एमालेको ‘स्वीप’ भने नहुने भएको छ ।
पछिल्लो परिणमअनुशार विभिन्न तीन नगरपालिकामा एमाले विजयी भएको छ । १७ स्थानमा एमाले अग्रस्थानमा छ । नेपाली कांग्रेसले एक नगरपालिकामा विजयी हासिल गरेको छ भने १९ स्थानमा अगाडि छ । यसअर्थ नेपाली कांग्रेसको स्थान कमजोर भन्न मिल्ने देखिएन ।
अन्य पार्टीहरुले पनि सोमबार बिहान ११ बजेसम्ममा १४ स्थानमा अग्रता लिएका छन् ।