राजनीति

रामेछापमा सुरु भयो मतगणना

रामेछापमा सुरु भयो मतगणना


जेठ १ । रामेछापमा स्थानीय तहको लागि भएको निर्वाचनको मतगणनाको काम सुरु भएको छ ।

आज विहान १० बजेपछि जिल्लाको रामेछाप नगरपालिकाको मतगणना सुरु भएको छ । यसैगरि लिखु र गोकुलगंगा गाउँपालिकाको मतगणना पनि सुरु भएको छ ।

रामेछाप नगरपालिकाको वडा नं १ गोठगाउँबाट मतगणनाको काम सुरु गरिएको भएपनि सो मतदान केन्द्रको मतपत्रको अधकट्टिन नच्याति मतपत्र दिएको पाइएकोले ती मतपत्रहरुको अधकट्टी छुट्याउने काम भई रहेको छ । अर्धकट्टि छुट्याएपछि मतगणना सुरु हुने बताइएको छ । यसैगरी लिखु र गोकुलगंगामा पनि मतगणना सुरु भए पनि प्रारम्भिक मतपरिणाम भने घोषणा गरिएको छैन ।

रामेछापका २ नगरपालीका र ६ गाउँपालिकाका ९० मतदान स्थलका १ सय ७० मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सकिएको थियो । जिल्लामा कुल १ लाख ३४ हजार ६२० मतदाता रहेकोमा ९४ हजार ३ सय ८ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जानकारी दिएको छ । दोरम्बा र उमाकुण्ड गाउँपालिकाको भने मतपेटिका संकलन भई रहेको छ । हिजो पानी परेको तथा रामेछापका विकट क्षेत्रहरु भएकाले मतपेटिका ल्याउन ढिला भएको बताइएको छ ।

 

Ramechhap election

विशेष