राजनीति

कास्कीको मादीमा एमाले प्यानलै विजयी

कास्कीको मादीमा एमाले प्यानलै विजयी


जेठ १ । कास्कीको मादी गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

 

मादी वडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवार सुरजकुमार गुरुङ विजयी भएका हुन् । गुरुङले ६ सय २६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवीजंग गुरुङले ५ सय मत प्राप्त गरे ।

त्यस्तै, एमालेका महिला सदस्य खासमाया गुरुङ, दलित महिला सदस्य रुपा सार्की र खुल्ला सदस्यमा टिकाराम गुरुङ र भीमराज गुरुङसहित प्यानल विजयी भएको हो ।

Nepal Election Local Election

विशेष