राजनीति

धादिङमा एमाले कार्यकर्ताको हत्या

धादिङमा एमाले कार्यकर्ताको हत्या


जेठ १ । दक्षिण धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभञ्ज्याङमा आइतबार राति एमाले कार्यकर्ताको हत्या भएको छ । बन्दै गरेको झ्यालढोका नहालिएको घरमा आइतबार राति ३० वर्षीय लक्ष्मण चेपाङको हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या गरी त्रिपाल र जस्तापाताले छोपेर छाडिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ । स्थानीय तह निर्वाचनको मतदान गरेपछि घरको काम गरेर बसेका चेपाङलाई हानिएको लठ्ठी सोही स्थानमा रगत लत्पतिएको अवस्थामा भेटिएको छ ।

सोही घरसँगै रहेको रेशम चेपाङको पसल फोरेर सामान लुटिएको स्थानीय दीप श्रेष्ठले जानकारी दिए । केही दिनदेखि लक्ष्मण चेपाङ र उनका भाइलाई भोट नहालेमा मार्ने धम्की आइरहेकाले सोही आधारमा हत्या भएको मृतकका भाइ लालबहादुर चेपाङले जानकारी दिए ।

hatya

विशेष