राजनीति

बहुप्रतिक्षित काठमाडौं महानगरपालिकाको मतगणना सुरु

बहुप्रतिक्षित काठमाडौं महानगरपालिकाको मतगणना सुरु


जेठ १ । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ ।  प्रदर्शनीमार्गको राष्ट्रिय सभागृह हलमा मत गणना सुरु भएको हो ।

बिहान बसेको सर्वदलीय बैठकले बिहानको खानापछि मतगणना गर्ने निर्णय गरेको थियो । ३२ वडा रहेको काठमाडौं महानगरपालिका सबैभन्दा बढी मतदाता भएको स्थानीय तह हो । मतदाता संख्या २ लाख ७९ हजार ३०६ मतदाता छन् ।

काठमाडौंको मेयरमा काँग्रेसका राजुराज जोशी र एमालेका विद्यासुन्दर शाक्यबीच मुख्य प्रतिस्पर्धा हुने प्रक्षेपण छ । नयाँ अनुहारमा साझा पार्टीका किशोर थापा र विवेकशील नेपालीकी रञ्जु न्यौपाने पनि चर्चामा छन् ।

Kathmandu Mahanagarpalika

विशेष