राजनीति

नुवाकोटको मेघाङ–१ मा एमालेको प्यानल नै विजयी

नुवाकोटको मेघाङ–१ मा एमालेको प्यानल नै विजयी

नुवाकोट: मेघाङ गाउँपालिकाको वडा नम्बर–१ मा वडाध्यक्षसहित सदस्यहरुमा नेकपा एमालेको समूह विजयी भएको छ ।


आइतबार भएको मतदानको मतपरिणामअनुसार वडाध्यक्षमा एमालेका उम्मेदवार दलसिंह तामाङले ९२ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यमा सुनमायाँ तामाङ ८९, दलित महिला सदस्यमा पद्मकुमारी दमिनी ८६ र खुला सदस्यहरुमा घोसे घले ८७ र पूर्णबहादुर तामाङले ९१ मत ल्याएर विजयी भएका छन् ।

सो गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेले ९०, नेकपा माओवादी केन्द्रले ६१ र नेपाली कांग्रेसले ४६ मत प्राप्त गरेका छन् । गाउँपालिकाको मतगणना जारी रहेकोे निर्वाचन अधिकृत कमलराज ढकालले जानकारी दिए ।

मतपरिणाम

विशेष