राजनीति

भरतपुरमा मतगणना सुरू हुँदै, कांग्रेस र माओवादी दुवै चिन्हमा परेका मत बदर हुने

भरतपुरमा मतगणना सुरू हुँदै, कांग्रेस र माओवादी दुवै चिन्हमा परेका मत बदर हुने

भरतपुर महानगरपालिकामा धेरै मतदाताले मेयरको पदमा कांग्रेसलाई पनि मत दिएको आशंकामा माओवादी केन्द्रले ती मत आफ्नोमा गन्नुपर्ने माग गरेपछि भएको विवाद समाधान भएको छ। सर्वदलिय बैठकमा माओवादी केन्द्रको उक्त प्रस्ताव भएको विवादका कारण मतगणनामा ढिलाइ भएको हो । 

तर, बैठकले त्यस्ता मत बदर गर्ने निर्णय गरेकाे छ । अन्यदलहरुले माअोवादीकाे उक्त प्रस्तावलाई अस्वीकार गरेका थिए । माओवादी केन्द्रको प्रस्ताव अन्य सबै दलले अस्वीकार गरेपछि त्यस्ता मतलाई बदर गरिने निर्णय भएको हो । अब केहीबेरमा मतगणना सुरु हुने बताइएको छ।

भरतपुरमा नेपाली कांग्रेस र माओवादीको तालमेल भएको थियो। प्रधानमन्त्री पुष्पकमल दहालकी छोरी रेणुदहाललाई कांग्रेसले मेयरमा समर्थन गरेको थियो। भने माओवादीले कांग्रेसका उपमेयरलाई समर्थन गरेको थियो।


विशेष