राजनीति

टोखामा कांग्रेस पछ्याउँदै एमाले

टोखामा कांग्रेस पछ्याउँदै एमाले

काठमाडौंः स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार हरिहर अधिकारी अग्रस्थानमा रहेका छन् । आइतबार साँझदेखि जारी मतगणनामा अधिकारीले ४३९ तथा नेकपा एमालेका प्रकाश अधिकारीले ४२८ मत प्राप्त गरेको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराए ।

यसैगरी, नेकपा माओवादी केन्द्रकी कल्पना शर्माले ११३ मत प्राप्त गरेकी छन् । अहिलेसम्म एक हजार दुई सय २३ मत गणना भइसकेकामा ३९ मत बदर भएको छ । अहिले वडा नम्बर–१ र २ को मतगणना भइरहेको छ ।

उप्रमुखमा कांग्रेसकी रजनी थापाले ३६०, एमालेका ज्ञानमाया डंगोलले ४४० मत र माओवादी केन्द्रका दीपक बानियाँले १२० मत प्राप्त गरेका छन् । कुल २८ हजार एक सय ७४ मतदाता रहेको सो नगरपालिकामा करिब २२ हजार मत खसेको बताइएको छ ।

अब छिट्टै वडा नम्बर–३ को मतगणना गरिनेछ । ११ वडा रहेको सो नगरपालिकामा प्रमुख र उपप्रमुखसहित ५७ जना निर्वाचित हुनेछन् । प्रमुखमा १४ र उपप्रमुखमा ९ जनासहित २६१ जनाले उम्मेदवारी दिएका छन् । यसअघि, वडा नम्बर–२ र ६ मा दलित महिला सदस्यमा कांग्रेसका प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित भइसकेकी छन् ।

विशेष