राजनीति

प्रधानमन्त्रीले भने, यसै साता राजीनामा दिन्छु

प्रधानमन्त्रीले भने, यसै साता राजीनामा दिन्छु

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही साता पदबाट राजीनामा दिने घोषणा गरेका छन् । राष्ट्रिय जनता पार्टीका नेताहरुसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यही साता संसद्लाई सम्बोधन गरेर राजीनामा दिने बताएका हुन्।

उनले राजपाका नेताहरुसँग जेठ ७ गतेभित्र संसद्लाई सम्बोधन गरेर राजीनामा दिने बताएका छन् । आफूले राजीनामा दिइसकेपछि कामचलाउ सरकारले नै जेठ १५ मा बजेट ल्याउने प्रधानमन्त्रीले मधेसी नेताहरुलाई जानकारी दिएका छन् ।

विशेष