राजनीति

म्याग्दीको अन्नपूर्ण –१ एमाले विजयी

म्याग्दीको अन्नपूर्ण –१ एमाले विजयी

बाबियाचौर: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा नेकपा (एमाले)का दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेकै महिला सदस्यमा बोमाया गर्बुजा, दलित महिला सदस्यमा शोभा विक, खुल्ला वडा सदस्यमा अमृत गर्बुजा र कुलप्र्रसाद पुर्जा विजयी भएका छन् ।

दोवाबाट गाउँपालिकामा अध्यक्षमा एमालेका नारायण पुनले ३३४, काँग्रेसका डमबहादुर पुनले २१०, उपाध्यक्षमा एमालेकी दुर्गादेवी पाइजाले ३३६, काँग्रेसकी केशमाया मगरले २०४ मत प्राप्त गर्नुभएको छ । वडा अध्यक्षमा काँग्रेसका प्रत्यासी कमल पुनले २०३ मत प्राप्त गरेका थिए ।

आठ सय ६३ जना मतदाता रहेको कैलाश मावि, दोवा मतदान केन्द्रमा ५७४ मत खसेको थियो । पोखरेबगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको मतगणाना सुरु भएको छ ।

मतपरिणाम

विशेष