राजनीति

मण्डनदेउपुर–२ र पाँचखाल–३ मा कांग्रेस, पनौती–१ र २ मा एमाले विजयी

मण्डनदेउपुर–२ र पाँचखाल–३ मा कांग्रेस, पनौती–१ र २ मा एमाले विजयी

काभ्रेः मन्डनदेउपुर नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका केशवप्रसाद तिमल्सिनाले ४२१ मत ल्याइ विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका बद्री शाही ठकुरीले ३७६ मत प्राप्त गरेका छन् । सो वडामा कांग्रेसको समूह नै विजयी भएको छ ।

यस्तै, पाँचखाल नगरपालिका–३ को वडाध्यक्षमा कांग्रेसका सुन्दर अधिकारीले ४३४ मत ल्याइ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रमेशराज गिरीले ३०८ मत प्राप्त गरे । सो वडामा कांग्रेसको पुरै समूह विजयी भएको छ ।

यसैगरी, पनौती नगरपालिका–१ र २ मा नेकपा एमालेको पुरै समूह विजयी भएको छ ।

वडा नम्बर–१ को वडाध्यक्षमा सो पार्टीका गुणराज सापकोटाले एक हजार ४२९ मत ल्याइ विजयी भए ।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जयकुमार तामाङले एक हजार २४ मत प्राप्त गरे ।

वडा नम्बर–२ को वडाध्यक्षमा पुरुषोत्तम अधिकारीले ९८७ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विष्णुप्रसाद सापकोटाले ६३४ मत प्राप्त गरे ।

विशेष