राजनीति

चन्द्रागिरि–१ मा एमाले, वडा–२ मा माओवादी र वडा-३ मा कांग्रेसको प्यानलै विजयी

चन्द्रागिरि–१ मा एमाले, वडा–२ मा माओवादी र वडा-३ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौंः चन्द्रागिरि नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका घनश्याम गिरीले तीन हजार ५५ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रल्हाद कार्कीले एक हजार ४९० मत प्राप्त गरेका छन् ।

हालसम्म उपप्रमुखमा कांग्रेसका इन्द्रावती श्रेष्ठले दुई हजार २४१ र एमालेका लीसा नकर्मीले एक हजार ७२४ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।

कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो ।

नगरपालिकामा १५ वडा रहेकामा १, २ र ३ वडाको मतगणना सम्पन्न भइ अहिले ४ र ५ वडाको मतगणना भइरहेको छ ।

वडा नम्बर–१ मा एमालेको समूह विजयी भएको छ । विजयी वडाध्यक्षमा राजेन्द्र केसी तथा सदस्यमा शान्ता गिरी, सरस्वती रोक्का, गोविन्द थापा र मणिराज गिरी छन् ।

वडा नम्बर–२ मा नेकपा माओवादी केन्द्रको समूह विजयी भएको छ । वडाध्यक्षमा गोपी सुर्खेती तथा सदस्यमा सुशीला कोइराला, सपना परियार, मधुकर बस्नेत र सुरेन्द्र तामाङ छन् ।

वडा नम्बर–३ मा कांगे्रसको समूह विजयी भएको छ । विजयी वडाध्यक्षमा दुर्गालाल महर्जन तथा सदस्यमा सीता सत्याल, सोना मगराती, दीपक सार्की र अमरबहादुर लामा छन् ।

विशेष