राजनीति

एमालेका अधाेगति सुरूः काठमाडाैं र ललितपुरमा कांग्रेसले उछिन्याे

एमालेका अधाेगति सुरूः काठमाडाैं र ललितपुरमा कांग्रेसले उछिन्याे

एमालेलाई पछिपार्दै काठमाडाैँ र ललितपुर महानगरपालिकामा काँग्रेसले अग्रता लिएको छ। 

ललितपुरमा काँग्रेसका मेयरका उम्मेदवार चिरीबाबु महर्जनले ३ हजार २ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् भने एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २ हजार ९४० मत प्राप्त गर्दै काँग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन् । 

त्यस्तै काठमाडाैमा काँग्रेसका मेयरका उम्मेदवार राजुराज जाेशीले ३४७ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यले उनलार्इ पछ्याइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार विद्या सुन्दरले ३२४ मत प्राप्त गरेका छन् । 

त्यस्तै काठमाडाैँमा विवेकशिल नेपाली दलकी मेयर उम्मेदवार रञ्जु दर्शनाले २१३ मत प्राप्त गरेर तेस्रो स्थान कायम गरेकी छिन् भने साझा पार्टीका किशोर थापाले १९३ मतसहित उनलार्इ पछ्याइरहेका छन् । 

विशेष