राजनीति

तीन वटा महानगरमा एमाले अगाडी, भरतपुरमा रेणु दाहालको अग्रता

तीन वटा महानगरमा एमाले अगाडी, भरतपुरमा रेणु दाहालको अग्रता

जेठ २ । आइतबार भएको स्थानीय तहअन्तर्गतका चार वटा महानगरपालिकाको निर्वाचन परिणामप्रति धेरैको चासो देखिएको छ ।

काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकामा कसले जित हात पार्छ भन्ने सर्वत्र चासो छ । अहिलेसम्म तीन वटा महानगरको प्रमुखमा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । काठमाडौं, ललितपुर र पोखरा–लेखनाथ महानगरपालिकामा एमालेका उम्मेदवार मतपरिणाममा अगाडि देखिएका हुन् । त्यसैगरी भरतपुर महानगरमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् ।

काठमाडौं महानगरमा एमालेका विद्यासुन्दर शाक्य मतपरिणाममा अग्रस्थानमा छन् । काठमाडौंमा साझा पार्टीका उम्मेदवार किशोर थापा दोस्रो र नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो स्थानमा छन् भने विवेकशील नेपाली पार्टीकी रन्जु दर्शना चौथो स्थानमा रहेकी छन् । उता, पोखरा–लेखनाथ महानगरपालिकाको शुरुवाती नतिजामा एमाले उम्मेदवार मानबहादुर जिसी अग्रस्थानमा रहेका छन् ।

नेकपा माओवादी केन्द्रसँग तालमेल गरेको कांग्रेसका उम्मेदवार रामजी कुँवर दोस्रो स्थानमा छन् । त्यसैगरी ललितपुर महानगरपालिकाका पनि एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार अग्रस्थानमा छन् । ललितपुरमा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ । नेपाली चिरीबाबु महर्जन भने दोस्रो स्थानमा छन् ।

भरतपुर महानगरपालिकामा भने नेकपा माओवादी केन्द्रकी रेणु दाहाल अग्रस्थानमा छिन् ।  उनलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो । त्यसैगरी भरतपुरमा एमालेका देवी ज्ञवाली दोस्रो स्थानमा छन् ।

nirbachan

विशेष