राजनीति

काठमाडौं महानगरपालिकामा तीन समूह बनाइ गणना

काठमाडौं महानगरपालिकामा तीन समूह बनाइ गणना

मतगणनाकार्यमा तीव्रता दिन काठमाडौं महानगरपालिकामा तीन समूह बनाइ गणना सुरु गरिएको छ ।

सोमबारदेखि सुरु गरिएको मतगणनाकार्य अहिले तीन समूहबाट गर्न थालिएको निर्वाचन कार्यालयले जनाएको छ । अहिले महानगरको वडा नम्बर–१, २ र ३२ को एकैसाथ मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिए ।

ढिलाइ भएको गुनासोपछि आयोगले टोली बढाएर छिटो गणनाका लागि निर्देशन पनि दिएको थियो । कुल ३२ ओटा वडा रहेको महानगरमा दुई लाख ७९ हजार ३१६ मतदाता छन् ।

विशेष