राजनीति

धादिङका २९ वटा वडाको परिणाम घोषणा

धादिङका २९ वटा वडाको परिणाम घोषणा

धादिङः धादिङका ११ गाउँपालिका र दुई नगरपालिकाका १०४ वडामध्ये २९ वडाको परिणाम घोषणा भएको छ ।

घोषणा भएका वडामध्ये एमालेले १७ वडा, नेकपा माओवादी केन्द्रले ७ वडा र नेपाली कांग्रेसले ५ वडामा विजय हासिल गरेको छ। धुनीबेसी नगरपालिका–१ मा एमालेका चन्द्र लामा, २ मा बलराम कुँबर, ४ मा हरिप्रसाद उप्रेती, ६ मा कान्छा तामाङ निर्वाचित भएका छन्।

त्यसैगरी वडा नं ५ मा माओवादी केन्द्रका कृष्ण रेग्मी निर्वाचित भएका छन् । वडा नं ३ मा भने पुनः मतगणना सुरु गरिएको छ । थाक्रे गाउँपालिका–२ मा एमालेका राजकुमार पौडेल, ४ मा गणेशमान वाइवा, वडा नं १ मा नेपाली कांग्रेसका इन्द्रबहादुर थापा र वडा नं ३ मा माओवादी केन्द्रका अमित घले निर्वाचित भएका छन्।

गल्छी गाउँपालिका–१ मा एमालेका पूर्णप्रसाद खतिवडा, २ मा षडानन्द खनाल निर्वाचित भएका छन्। गजुरी गाउँपालिका–१ मा एमालेका राजकुमार पण्डित र २ मा चुडामणि कँडेल निर्वाचित भएका छन्। बेनीघाट रोराङ–२ मा एमालेका टङ्ककुमार थापा, र वडा नं १ मा माओवादी केन्द्रका नन्दु तामाङ विजयी भएका छन्।

सिद्धलेक गाउँपालिका–१ मा एमालेका चन्दप्रसाद सिलवाल, २ मा कमल गुरुङ, ३ मा देवबहादुर पुलामी निर्वाचित भएका छन्। ज्वालामुखी गाउँपालिका–१ मा एमालेका रामप्रसाद सिलवाल, २ मा नेपाली कांग्रेसका रणबहादुर शाही विजयी भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा एमालेका मेन घले र २ मा पेमा घले निर्वाचित भएका छन् । नेत्रावती गाउँपालिका–१ मा माओवादी केन्द्रका चन्द्रबहादुर पल्ली र २ मा शिव थापा र ३ मा नेपाली कांग्रेसका विजयकुमार पाख्रन निर्वाचित भएका छन्।

त्यसैगरी, त्रिपुरासुन्दरी गाउँपालिका–७ मा माओवादी केन्द्रका देवराज धरेल निर्वाचित भएका छन् । गङ्गा जमुना गाउँपालिका–१ मा माओवादी केन्द्रका यमबहादुर तामाङ, खनियाबास गाउँपालिका—१ मा कांग्रेसका बुद्धि तामाङ र २ मा टेक तामाङ निर्वाचित भएका छन्। नीलकण्ठ नगरपालिका—११ मा माओवादी केन्द्रका गणेश थापा निर्वाचित भएका छन्।

विशेष