राजनीति

एमालेको अग्रता कायमै, कांग्रेस र माओवादी पछ्याउँदै, कहाँ को विजयी ?

एमालेको अग्रता कायमै, कांग्रेस र माओवादी पछ्याउँदै, कहाँ को विजयी ?

जेठ २ । स्थानीय तह निर्वाचनको घोषित परिणाममा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म आएका परिणामअनुसार एमाले ६ स्थानमा प्रमुख जितेको छ ।


त्यसैगरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अहिलेसम्म ४र४ स्थानको प्रमुख जितेका छन् । एक प्रमुखमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेले डोल्पाको से-फोक्सुन्डो गाउँपालिका, डोल्पाकै काइके गाउँपालिका, मनाङको चामे गाउँपालिका, मनाङकै नेस्याङ गाउँपालिका र मुस्ताङको घरपझोड गाउँपालिका प्रमुखमा जित हात पारेको छ ।

नेपाली कांग्रेसले मुस्ताङको लोमान्थाङ गाउँपालिका, मनाङको नार फू गाउँपालिका र बाग्लुङको तमानखोला गाउँपालिकाको प्रमुखमा जित हात पारेको छ ।

नेकपा माओवादी केन्द्रले जुम्लाको गुठीचौर गाउँपालिका, डोल्पाको मुड्केचुला गाउँपालिका र डोल्पाकै जगदुल्ला गाउँपालिकामा विजयी हासिल गरेको छ ।

त्यसैगरी मुस्ताङको दालोमे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मनाङको चामेमा एमालेका लोकबहादुर घले विजयी भएका छन् । मनाङकै नार फू गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिङ्माछिरिङ लामा र नेस्याङ गाउँपालिकामा एमालेका कान्छा घले निर्वाचित भएका छन् ।

मुस्ताङको घरपझोङमा एमालेका आशबहादुर थकाली, लोमान्थाङ्कामा कांग्रेसका सुवर्णकुमार विष्ट अध्यक्षमा निर्वाचित भएका छन् । मुस्ताङकै दालोमे गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार राजु विष्ट निर्वाचित भएका छन् । डोल्पाको काइकेमा एमालेका अंगद राना विजयी भएका छन् भने डोल्पाको से-फोक्सुन्डो गाउँपालिका प्रमुखमा एमालेका तसी तन्डुक गुरुङ निर्वाचित भएको थियो ।

जुम्लाको गुठीचौर गाउँपालिकामा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन् । त्यसैगरी बाग्लुङको तमानखोला गाउँपालिकाको अध्यक्ष कांग्रेसका जोकलाल बुढा विजयी भएका छन् ।

त्यस्तै डोल्पाको मुड्केचुलामा नेकपा माओवादी केन्द्रका दत्तबहादुर शाही र डोल्पाकै जगदुल्लामा माओवादी केन्द्रका नरसिंह रोकाया विजयी भएका छन् ।

विशेष