राजनीति

काँग्रेस र एमाले तालमेली क्षेत्रमा माअोवादी केन्द्र विजयी

काँग्रेस र एमाले तालमेली क्षेत्रमा माअोवादी केन्द्र विजयी

सल्यानः सल्यानमा आइतबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । दुई गाउँपालिकासहित ३७ स्थानीय तहको मत परिणाम सार्वजनिक गरिएको छ ।

दार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नीमबहादुर केसी र उपाध्यक्षमा टीका वली शर्मा निर्वाचित भएका छन् । केसीले अध्यक्षमा तीन हजार ६९४ मत र वलीले उपाध्यक्षमा तीन हजार ६९५ मत प्राप्त गरी विजयी भएका हुन्। सो क्षेत्रमा नेपाली काँग्रेस र नेकपा(एमाले)बीच समीकरण गरिएको भए पनि माओवादी केन्द्र विजयी भएको हो ।

यसैगरी दामागाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका कविकुमार चन्द विजयी भएका छन्। यस्तै वडा नं २ मा माओवादी केन्द्रका डिल्ली केसी, वडा नं ३ मा माओवादी केन्द्रका सेतीराम रोका, वडा नं ४ मा माओवादी केन्द्रका चन्द्रबहादुर रावत, वडा नं ५ मा माओवादी केन्द्रका दुर्गा मल्ला र वडा नं ६ मा रामबहादुर केसी विजयी भएका छन् ।

यसैगरी ढोरचौर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका चित्रबहादुर चलाउने विजयी भए । उनले एक हजार ९२५ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरवीर चलाउनेले एक हजार ५४८ मत प्राप्त गरे। यस्तै उपाध्यक्षमा नेकपा एमालेकी पुष्पा बोहराले एक हजार ९४६ मत प्राप्त गरी विजयी भइन् ।

ढोरचौर गाउँपालिका–१ मा माओवादी केन्द्रका रामबहादुर बस्नेत विजयी भए । वडा नं २ मा माओवादी केन्द्रकै रुद्रबहादुर बुढाथोकी विजयी भएका छन्। यस्तै वडा नं ३ मा नेकपा एमालेका शालिकराम बुढाथोकी र वडा नंं ५ मा नन्दलाल बोहरा विजयी भए । वडा नं ४ मा भने नेपाली काँग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोकाले बराबरी मत प्राप्त गरेपछि गोलाप्रथामार्फत काँग्रेसका दिनेश विएम विजयी भए ।

यसैगरी वागचौर नगरपालिका–१ मा नेपाली काँग्रेसका नेत्रबहादुर डाँगी, वडा नं २ मा नेकपा एमालेका घनश्याम शर्मा विजयी भए। यस्तै वडा नं ३ मा माओवादी केन्द्रका टीकाराम खत्री, १२ मा नेकपा माओवादी केन्द्रका दीपक वली, वडा नं ११ मा मोहन खड्का र वडा नं १० मा कृष्णबहादुर खड्का विजयी भएका छन् ।

यसैगरी शारदा नगरपालिका–१ मा नेकपा एमालेका नवराज बुढाथोकी, वडा नं २ मा टोपबहादुर थापा र वडा नं ३ मा केशव सिंह बुढाथोकी विजयी भएका छन् । यस्तै वडा नं ४ मा नेपाली काँग्रेसका सुधन विष्ट, वडा नं ५ मा प्रदीप शाही र वडा नं ६ मा भिखराज बुढाथोकी विजयी भए ।

यस्तै वनगाड कुपिण्डे नगरपालिका–१ मा नेकपा एमालेका शान्तकुमार यरी, वडा नं १२ मा गोविन्द डाँगी विजयी हुनुभएको छ । यस्तै वडा नं २ मा माओवादी केन्द्रका प्रतिमल रोकाय विजयी हुनुभएको छ ।

यस्तै कपुरकोट गाउँपालिका–१ मा माओवादी केन्द्रका बालाराम खड्का र वडा नं २ मा मानबहादुर राना विजयी भए । यस्तै वडा नं ३ मा नेपाली काँग्रेसका मीनबहादुर सेन विजयी भएका छन्।

यसैगरी त्रिवेणी गाउँपालिका–१ मा नेकपा एमालेका छवि खत्री विजयी भएका छन् । यस्तै वडा नं २ मा नेपाली काँग्रेसका मेघराज खड्का विजयी भए । यसैगरी छत्रेश्वरी गाउँपालिका–१ मा नेपाली काँग्रेसका नेवबहादुर शाह, वडा नं २ माओवादी केन्द्रका प्रेमबहादुर खड्का विजयी भए । यस्तै वडा नं ३ मा नेकपा एमालेका राजबहादुर वुढाथोकी विजयी भए।

यसैगरी कालीमाटी गाउँपालिका–७ मा नेपाली काँग्रेसका नैनसिंह राना, वडा नं ६ मा माओवादी केन्द्रका टेकबहादुर थापा पुलामी र वडा नं ५ मा नेकपा एमालेका चन्द्रबहादुर गाह विजयी भएका छन्।

 

 

 

विशेष