राजनीति

दाहालले देउवालाई भने, ‘ढिलोमा जेठ ८ भित्र राजीनामा दिन्छु’

दाहालले देउवालाई भने, ‘ढिलोमा जेठ ८ भित्र राजीनामा दिन्छु’


जेठ २ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँग भएको समझदारीअनुसार जेठको पहिलो साताभित्रै राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने भएका छन् ।

दाहालले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको कुराकानीमा यस्तो प्रतिबद्धता दोहोर्याएका हुन् । कांग्रेस–माओवादी केन्द्रबीच गठबन्धनमा दाहाल प्रधानमन्त्री बन्नु अघि नै आलोपालो सरकारको नेतृत्व लिने समझदारी भएको थियो ।

आलोपालो सरकारको नेतृत्व लिने विषयसँग सम्बन्धित पाँचबुँदे समझदारी अहिलेसम्म दुबै पक्षबाट सार्वजनिक भएको छैन । उक्त समझदारीको तेस्रो बुँदामा प्रधानमन्त्री दाहालले चैत मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने र त्यसपछिको चरणमा कांग्रेसले नेतृत्व लिने समझदारी छ ।

चैत मसान्तभित्र स्थानीय तहको निर्वाचन सम्भव नभएपछि पछिल्लो पटक कांग्रेस र माओवादी केन्द्रले वैशाख ३१ को पहिलो चरणको चुनावपछि सरकार नेतृत्व बदल्ने सहमति गरेका थिए ।

‘प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवासँग ढिलोमा जेठ ८ भित्र राजीनामा दिने बताउनु भएको छ,’ कांग्रेसका एक नेताले भने, ‘त्यसलगत्तै कांग्रेस–माओवादी गठबन्धन मै देउवा नेतृत्वमा नयाँ सरकार बन्ने छ ।’

कान्तिपुर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड

विशेष