राजनीति

भरतपुर महानगरमा रेणुलाई एक सय मतले उछिने देवीले

भरतपुर महानगरमा रेणुलाई एक सय मतले उछिने देवीले

जेठ २ । चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस-माओवादी गठवन्धनको उम्मेदवार रेणु दाहाललाई एमाले उम्मेदवार देवी ज्ञवालीले पुनः उछिनेका छन् ।

महानगरपालिका वडा नम्बर १ को मतगणना जारी रहँदासम्म यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ । सोमवार अबेर साँझबाट मतगणना शुरु भएको महानगरपालिकामा एमाले मेयर उम्मेदवार देवी ज्ञवालीले झिनो मतले अग्रता लिएका छन् । ज्ञवालीले ५३१ मत ल्याउँदा रेणु दाहालले ४५१ मत प्राप्त गरेकी छिन् । अहिलेसम्म १ हजार १ सय ७५ मत गणना भएको छ ।

उपमेयर पदमा एमालेकी दिव्या शर्मा आचार्यको ४५६ र कांग्रेसकी पार्वती शाहको ४५४ मत छ ।

विशेष