राजनीति

यस्तो छ प्रदेश नम्बर ६ : सुर्खेतको ताजा अपडेट

यस्तो छ प्रदेश नम्बर ६ : सुर्खेतको ताजा अपडेट


जेठ २ । प्रदेश नम्बर ६ को सुर्खेत जिल्लामा पहिलो चरणको स्थानिय तह चुनावको मतगणनाको मतपरिणामा आउने क्रम जारी रहेको छ । मतगणना भएका अधिकांश ठाउँमा ठुला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र बिच नै प्रतिस्पर्धा रहेको छ ।

५० हजार बढि मतदाता रहेको वीरेन्द्रनगरमा ३८ हजारको हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतको बीरेन्द्रनगरको मेयरमा एमालेका नेपाली कांग्रेसका देवकुमार सुवेदीले ११९ मत, बालाराम शर्माले ११६ मत र माओवादी केन्द्रका रत्न गाहाले ४६ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका जानकी सिंहले ११९ मत, एमालेका मोहनमाया ढकालले ११६ मत र माओवादी केन्द्रका हरिमाया शर्माले ५५ मत पाउनु भएको छ । भेरीगंगा नगरपालिकामको मेयरमा माओवादी केन्द्रका कृष्णप्रसाद गिरीले २६५ नेपाली कांग्रेसका भूपेन्द्रबहादुर चन्दले २३६ मत र एमालेका यज्ञप्रसाद ढकालले २०५ मत पाउनु भएको छ ।

उपमेयरमा माओवादी केन्द्रका डिलसरा थापाले २६५ मत, नेपाली कांग्रेसका रेणू ढकालले २४० मत एमाले चन्द्रा आचार्य २०७ मत पाउनु भएको छ ।
भेरीगंगा नगरपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा माओवादी केन्द्रका नवराज कार्कीको पूरै प्यानल बिजयी भएको छ । यस्तै लेकबेसी नगरपालिकाको मेयरमा एमालेका गगनसिं सुनारले १३ सय १६ मत, नेपाली कांग्रेसका उमेश पौडेलले ८३७ मत र माओवादी केन्द्रका खडबहादुर घर्तीले २०९ मत ल्याउनु भएको छ । उपमेयरमा एमालेले ११ सय मत, ४१ कांग्रेसले ८९९ मत र माओवादी केन्द्रले ३११ मत पाएका छन । लेकबेसी वडा नंम्बर १ को वडा अध्यक्षमा एमालेका मान बहादुर पुनको टिम विजयी भएको छ ।

पञ्चपुरी नगरपालिकामा नेकपा एमालेका मनबहादुर विकले ३९६, कांग्रेसका उपेन्द्रबहादुर थापाले २३० मत र माओबादी केन्द्रका धनबहादुर विकले २४ मत ल्याएका छन् ।

पञ्चपुरी नगरपालिका वडा नं १ को अध्यक्षमा एमालेका धनबहादुर थापाले ४२० मत ल्याएर प्यानल नै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बुध सावदले २८२ र नेकपा माओवादी केन्द्रका पूर्ण अधिकारीले २० मत प्राप्त गरे ।

पञ्चपुरी नगरपालिकाको वडा नम्बर १ को नतिजा अनुसार एमालेबाट महिला सदस्य गौमती सिजापतीले ४२४, दलित महिला सदस्य दुर्गा नेपाली ४२७, कर्ण बहादुर थापाले ४२२ र बल बहादुर टमटाले ३९३ मत ल्याएर विजयी भएका छन् ।

यसैगरी गुर्भाकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हस्त पुनले १०७४ मत, एमालेका देवबहादुर खत्रीले १०६३ मत र माओवादी केन्द्रका हिराबहादुर थापाले २५१ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेका सुशीला विक ५७ मत, नेपाली कांग्रेसका मैना विकले ३० मत ल्याएका छन् ।। गुर्भाकोट नगरपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका वडा अध्यक्ष लाल बहादुर खासुमगर सहित एमालेको पूरै प्यानल बिजयी भएको छ ।

यता चिङ्गाड गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका देवबहादुर चन्दले ५३९ मत, एमालेका बखत खत्रीले ४९३ मत र माओवादी केन्द्रका बोधबिक्रम जिसीले १३२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसका मनमाया आचार्यले ५१८ मत, एमालेका दिपा रानाले ५०७ र मओबादीका तेजकुमारी रानाले १३५ मत ल्याएका छन् । चिङ्गाड गाउँपालिकामा नेपाली कांग्रेसका वीरबहादुर ओली ५१२ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेले टेकबहादुर रजालीले ५०१ र नेकपा माओवादी केन्द्रका यामप्रसाद जैशीले १४० मत ल्याएर पराजित हुनुभयो ।

चौकुने गाउँपालिकाको अध्यक्षमा एमालेका धीरबहादुर शाहीले ३७५ मत, नेपाली कांग्रेसका गजराज जोशीले १९९ मत र माओवादी केन्द्रका खड्बहादुर विकले ११८ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेका निर्मला रानामगरले ४०९ मत, कांग्रेसका शोभा शर्माले २०६ र माओबादीका खड्गबहादुर विकले ७८ मत ल्याएका छन् । चौकुने गाउँपालिकाको वडा नम्बर १ अध्यक्षमा एमालेका लक्षिराम आलेमगरले ४१२ मत ल्याएर पूरै प्यानल विजयी हुनु भएको छ । प्रतिद्धन्द्धी काँंग्रेसका उदयराम सावत २१५ र माओवादी केन्द्रका लक्ष्मण कार्कीले ६७ मत ल्याएर पराजित हुनुभयो ।

बराहताल गाउँपालिकामा नेपाली कांग्रेसका तेजबहादुर बस्नेतले ३०८ मत, माओवादी केन्द्रका बलबहादुर कठायतले १८८ मत र एमालेका ताराकेशर गौतमले १३४ मत ल्याउनु भएको छ ।

बराहताल गाउँपालिकाको वडा नम्बर १ अध्यक्षमा कांग्रेसका तुलादेव भारती ३०८ मत ल्याएर विजयी उहाँका प्रतिद्वन्द्वी एमालेका दलसिंह बुढा १३४ र माओवादी केन्द्रकाले १८८ मत ल्याउनुभयो ।

 

प्रदेश नम्बर ६ : सुर्खेत

विशेष