राजनीति

अस्ताउँदैछ सूर्य, गाउँमा देखिएन एमालेको एकलौटी राज

अस्ताउँदैछ सूर्य, गाउँमा देखिएन एमालेको एकलौटी राज

जेठ–२ । सहरी क्षेत्रमा कब्जा जमाउने संकेत देखाएको नेकपा एमालेको प्रभाव गाउँमा भने ‘ठीकै’ को अवस्था अनुमान गरिएको छ । गाउँको निर्वाचनमा एमाले भन्दा कांग्रेस अगाडि छ । नेकपा माओवादी केन्द्रको पनि अवस्था त्यति दुःख लाग्दो छैन । ‘कांग्रेस भनेको कपाल जस्तै हो, आज काट्यो भने भोलि पलाइहाल्छ’ यो धारणा यसपटकको निर्वाचनमा पनि देखिएको छ । प्रमुख सहरी क्षेत्रमा एमालेको प्रभाव बढी देखिएपछि हालसम्मको हारजित हेर्दा नेपाली कांग्रेस नै अगाडि आएको छ । कांगेसले हालसम्म ८ स्थानमा जित हासिल गरेको छ । ९० स्थानमा अग्रता लिएको छ । जबकी एमालेको लहर चल्ने अपेक्षा भइरहँदा एमालेले हालसम्म ६ स्थानमा जीत हासिल गरेको छ । ७९ स्थानमा एमाले अगाडि छ ।
यसपटक नेकपा माओवादी केन्द्रको स्थिति दूर्भाग्यपूर्ण हुने आँकलन पनि गलत सावित भएको छ । माओवादी केन्द्रले ५ स्थानमा जित हासिल गरेको छ भने ४३ स्थानमा अग्रता लिएको छ । यो आँकडाकै आधारमा पनि सहजै भन्न सकिन्छ कि कांगे्रेस सभापति शेरबहादुर देउवाको जति आलोचना गरे पनि उनकै पार्टी अगाडि आएको छ ।
यसपटक गाई पार्टी अर्थात राप्रपाले अहिलेसम्म २ स्थानमा अग्रता लिएको छ । संघीय समाजवादी–नयाँ शक्तिले २ स्थानमा अग्रता लिएका छन् । अन्य दलले ३ स्थानमा अग्रता लिएका छन् ।
यो क्रममा सबैभन्दा ठूलो प्रतिष्ठा बन्ने काठमाडौंसहित अन्य तीन महानगरमा भने कांग्रेस पछाडि छ । चार महानगर र एक उपमहागरमा लिएको अग्रताका कारण एमालेको आत्मविश्वास उच्च भएको छ।

विशेष