राजनीति

चारवटै महानगरमा एमालेको अग्रता, अन्य दलहरु एमालेलाई पछ्याउदै

चारवटै महानगरमा एमालेको अग्रता, अन्य दलहरु एमालेलाई पछ्याउदै


जेठ २ । स्थानिय निर्वाचनको प्रारम्भिक मतगणणा चलिरहँदा नेकपा एमालेले ४ वटै महानगरमा आफ्नो अग्रता कायम राखेको छ ।

काठमाडौं महानगरमा २ सय ४३ मतका साथ एमालेका मेयर विद्यासुन्दर शाक्यले अग्रता लिएका छन् । साझा पार्टीका किशोर थापा १६९ मतका साथ दोस्रो स्थानमा छन् ।

त्यसैगरि ललितपुर महानगरपालिकामा २६२५ मतका साथ नेकपा एमालेका मेयर हरिकृष्ण व्यञ्जनकार अगाडि छन् । दोस्रो स्थानमा रहेको कांग्रेसको २१७७ मत छ ।
त्यसैगरि भरतपुर महानगरपालिकामा एमालेका मेयर देवी ज्ञवाली ७६१ मतका साथ अगाडी छन् । उनलाई नेकपा माओेवादीको रेणु दहालले ६०५ मत ल्याएर पिछा गरिरहेकी छिन् ।

पोखरा महानगरपालिकामा पनि एमालेले नै अग्रता कायम गरेको छ । एमालेका मानबहादुर जिसी १२५५ मतको साथ अगाडि छन् भने नेपाली कांग्रेसका रामजी कुवँर १०८७ मत लिएर दोस्रो स्थानमा छन् ।

 

विशेष