राजनीति

एमाले एक नगरपालिका सहित ८ स्थानमा विजयी, कुन पार्टीले कहाँबाट जिते (नामावलीसहित)

एमाले एक नगरपालिका सहित ८ स्थानमा विजयी, कुन पार्टीले कहाँबाट जिते (नामावलीसहित)


जेठ २ । स्थानीय तह निर्वाचनको घोषित परिणाम अनुसार कांग्रेस–एमालेबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म आएका परिणामअनुसार कांग्रेस र एमाले ८–८ स्थानको प्रमुखमा विजयी भएका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले पनि ७ स्थानीय तहको प्रमुखमा जित हात पार्दा सोमबार एक मेयर पदमा पनि विजय प्राप्त गरेको छ ।
एक प्रमुखमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

हेर्नुहोस विवरण

कांग्रेसबाट विजयी

मनाङ–नारफु गाँउपालिका–मिङ्मा छिरिङ लामा
मुस्ताङ–लोमान्थाङ गाउँपालिका–सुवर्णकुमार विष्ट
बाग्लुङ–तमानखोला गाउँपालिका–जोकलाल बुढा
मनाङ–नोसाङ गाउँपालिका–चन्द्रबहादुर घले
जाजरकोट–कुशे गााउपालिका–हरिशचन्द्र बस्नेत
नवलपरासी–बुङ्दीकाली गाँउपालिका–दुर्गाबहादुर राना
जाजरकोट–कुशे गाउँपालिका–हरिशचन्द्र बस्नेत
मुस्ताङ–थासाङ गाउँपालिका–बुद्धीप्रसाद शेरचन
एमालेबाट विजयी

डोल्पा–शे फोक्सुण्डो गाँउपालिका–तसी तुण्डुप गुरुङ
मनाङ–चामे गाँउपालिका–लोकेन्द्र घले
मनाङ–नेस्याङ गाँउपालिका–कान्छा घले
डोल्पा–काइके गाउँपालिका–अंगद राना
मुस्ताङ-घरपजोङ गाउँपालिका-असबहादुर थापा
स्याङ्जा-फेदीखोला गाउँपालिका-घनश्याम सुवेदी
डोल्पा-ठूलोभीरे नगरपालिका-गणेशबहादुर शाही
जाजरकोट-शिवालय गाउँपालिका-नरेन्द्रबहादुर शाही

माओवादी केन्द्रबाट विजयी

जुम्ला-गोठिचौर गाउँपालिका- हरिबहादुर भण्डारी
डोल्पा-जगदुल्ला गाउँपालिका- नरसिंह रोकाया
हुम्ला- ताजाकोट गाउँपालिका- बागदल मल्ल
डोल्पा- मुड्केचुला गाउँपालिका- दत्तबहादुर शाही
कालीकोट- सान्नी त्रिवेणी गाँउपालिका- डम्बर शाही
जुम्ला- हिमा गाँउपालिकमा- राजबहादुर शाही

विशेष