राजनीति

एमालेले विजय उस्सव मनाइरहँदा निर्वाचन आयोगले पठायो अपत्यारिलो सन्देश

एमालेले विजय उस्सव मनाइरहँदा निर्वाचन आयोगले पठायो अपत्यारिलो सन्देश


जेठ २ । निर्वाचन आयोगले आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणाम अनुसार १० स्थानीय तहको निर्वाचन परिणाम प्राप्त भएको जनाएको छ ।

आयोगका अनुसार, तनहुँको बन्दीपुर गाउँपालिका, मनाङको चामे गाउँपालिका, नाशोङ गाउँपालिका, नेस्याङ गाउँपालिका, बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, बाह्रगाउँ गाउँपालिका र लोमाथाङ गाउँपालिकाको निर्वाचन अन्तिम परिणाम आएको छ ।

आयोगले हिमाली जिल्लाका केही मतदान केन्द्रको मतपेटिका स्थल मार्गबाट सङ्कलन गर्न कठिन भएकाले मङ्गलबार बिहान हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको तीनवटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याइएको जनाएको छ । ती स्थानको मत गणना आजैदेखि सुरु हुने छ । रसुवा, गोरखा, म्याग्दी, धादिङ, डोल्पा जिल्लाको विकट ठाउँमा रहेका मतदान केन्द्रका मतपेटिका सोमबार नै हेलिकोप्टरबाट सङ्कलन गरिएको आयोगले जनाएको छ ।

मुलुकका तीन प्रदेशका ३४ जिल्लामा भएको मतदानको अहिले २५७ स्थानीय तहमा निर्वाचनको मतगणना भइरहेको जानकारी आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट प्राप्त भएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

विशेष